स्थल यातायात तथा पारवहन समिति सभापतिमा घिमिरे

शनिबार, २३ बैशाख २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थल यातायात तथा पारवहन समितिको सभापतिमा शिवप्रसाद घिमिरेलाई मनोनयन गरेको छ । महासंघका कार्यकारिणी समिति सदस्य रहेका घिमिरेलाई उक्त जिम्मेवारी दिइएको हो । महासंघको वैशाख ३ गते बसेको कार्यकारिणी समितिको पहिलो बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरेअनुसार विधानको दफा ३८ ग बमोजिम उक्त समितिको सभापतिमा मनोनयन गरिएको जनाइएको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन घिमिरेको सभापतित्वमा गठिन समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार