नेपालको अर्थतन्त्रमा चुनौती कायमै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको भनाइ

शनिबार, २३ बैशाख २०८०
काठमाडौँ । मुलुकका बाह्य सूचक सकारात्मक अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिमा कमी आएकाले अर्थतन्त्रमा चुनौती कायमै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । नेपाल राष्ट्र बैंकले समयमै ल्याएको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको, मुद्रास्फीति घटाएको र कोभिडपछिको आर्थिक पुनरुत्थान बलियो रहेको कोषले औंल्याएको हो । कोषले जारी गरेको आर्टिकल फोर प्रतिवेदनमा सरकारले अर्ध–वार्षिक बजेट समीक्षामार्फत वित्तीय जोखिम न्यूनीकरणलाई सम्बोधन गर्न खोजेकाले भविष्यमा त्यसले सकारात्मक प्रभाव पार्ने जनाइएको छ । यद्यपि यसअघि लामो समयसम्म आयात प्रतिबन्धको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको प्रतिवेदनको दाबी छ । कोषको प्रतिनिधिमण्डलले नेपालको वित्तीय तथा मौद्रिक नीतिसँगै समग्र आर्थिक अवस्थाको अध्ययनबाट हरेक वर्ष आर्टिकल फोर प्रतिवदेन तयार गर्छ । आर्थिक वर्ष सन् २०२२/२३ को पहिलो ६ महिनामा राजस्वमा आएको १६.५ प्रतिशतको गिरावट, सरकारी खर्चमा भएको ११.२ प्रतिशतको वृद्धि र ब्याजदर बढ्ने जस्ता कारणले नेपालको आन्तरिक अर्थव्यवस्थामा चुनौती कायम रहनुका साथै पुँजीगत बजेट खर्चसमेत सन्तोषजनक नरहेको कोषको मूल्यांकन छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार