लचिलो मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायमान बनाउनु पर्छः अर्थमन्त्री

आइतबार, २४ बैशाख २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौ, कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भयो’ उनले भने । त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको उल्लेख गर्दै उनले आज देखिएको समस्या समाधान वित्त नीतिभन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताए । ‘अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ,’ महतले भने, ‘राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ । फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु पर्छ ।’ लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व मन्त्री महतले बताए । ‘राजश्व वृद्धिका लागि केही समय लाग्छ । यसका लागि अथक प्रयास सरकारले गर्छ’ डा. महतले भने, ‘पूँजीगत खर्च हामीले विनियोजन गर्छौ, त्यसको प्रभावकारिता बढाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार