इटहरी । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले दुर्गा पार्टी प्यालेस इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी अगुवाहरुको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए ।
उनले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाईं हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौं र निरन्तरता दिऔं, उनले भने ।
प्रभु लाइफका नायव महाप्रबन्धक सोनबहादुर मगरले जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा जानकारी दिएका थिए ।
कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलज्यूले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच–पाँचजना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फुँयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरे लगायतको पनि सहभागिता थियो ।
अन्तर्राष्ट्रिय नेपाली ‘मोटिभेसनल ट्रेनर’ बीपी रेग्मीको ‘लाइफ इन्स्योरेन्स सेल्स सेसन’ कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो ।
रेग्मीले व्यावहारिक तरिकाले व्यावसायिक बृद्धिका सूत्रहरु प्रस्तुत गरेका थिए ।
बीमा मध्यस्थकर्ताहरुको व्यावसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु रेग्मीको सेसनमा समेटिएको थियो ।
प्रतिक्रिया