इटहरी/सुनसरी जिल्ला दूग्ध उत्पादक संघको नयाँ कार्यसमिति चयन भएको छ । राजेन्द्र धमलाको अध्यक्षमा ७ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा डिल्ली बास्तोला, सदस्यहरूमा लक्ष्मी पौडेल, नारायण खनाल, हुमरजंग बस्नेत, पदमबहादुर थापा र गुणराज कोइराला चयन भएका छन् । यस्तै, लेखा समितिको संयोजकमा परशुराम कार्की चयन भएका छन् ।
लेखा समितिकै सदस्यहरूमा सोमराज पौडेल र डम्बरबहादुर कार्की चयन भएका छन् । सुनसरी जिल्लाका दूग्ध कारोबार गर्ने सहकारीहरूको संघ रहेको दूग्ध उत्पादक संघमा चयन भएका नयाँ समितिले सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।
प्रतिक्रिया