उद्योग सङ्गठन मोरङमा राकेश सुराना निर्विरोध अध्यक्ष

शनिबार, ३० बैशाख २०८०
विराटनगर । उद्योग सङ्गठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको ५० औँ साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा निर्विरोध चुनिएका छन् । कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन् । सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । सङ्गठनमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भए पनि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार