काठमाडौँ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा पहिलो पटक एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ ।
बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले पहिलो पटक काठमाडाैँदेखि तुम्लिङटारमा उडान सुरु गरेको बुद्ध एयरले जनाएको छ ।
यसअघि बुद्ध एयरले उक्त विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेकाे थियाे । सबै तयारी पूरा भएपछि मंगलबारदेखि व्यवसायिक उडान गरिएकाे बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णले बताए ।
यसअघ उक्त विमानस्थलमा बुद्ध एयरले ४२ सिटे जहाजमार्फत सेवा दिँदै आएको थियाे । यात्रुकाे चाप पनि बढेकाे र कम्पनीसँग ७२ सिटे एटीआर जहाज समेत उपलब्ध भएकाेले नयाँ सेवा विस्तार गरिएकाे उनले बताए ।
प्रतिक्रिया