‘हामीले विशेषगरी विदेशी पाहुनालाई लक्षित गरेका छौं । अध्यक्ष पौडेलले भने ‘इटहरीमा धेरै मेनपावर छन्, त्यहाँ कामदारको अन्तरवार्ता लिन विदेशी आउने गरेका छन् । तर उनीहरु बस्नकै लागि विराटनगर, विराटचौक पुग्नु पर्ने अवस्था छ । ती पाहुनालाई इटहरी नै राख्ने छौँ ।’
होटलका उपाध्यक्ष सुदर्शन चापागाईले होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने जानकारी दिए । होटलमा स्वीमिङपुल, साउना, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टरलगायतका सुविधा छ ।
होटलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ । कोशी प्रदेशमा फाइभ स्टार मध्ये तेश्रो होटल हो । यसअघि झापामा २ वटा सञ्चालनमा आइसकेका छन् ।
प्रतिक्रिया