डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

मंगलबार, ०२ जेठ २०८०
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य घटाएको हो। यससँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ। पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ यथावत राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार