काठमाडौँ । वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।
केही समस्याहरू गृह मन्त्रालय मातहत रहेकाले ती समस्यामा समाधान गर्न गृहमन्त्रीलाई आग्रह गरिएको मञ्चका अध्यक्ष धनलाल जैसीले बताए ।
वैदेशिक रोजगार ऐन २०६४ ले तोकिएको धरौटी राखी वैदेशिक रोजगार विभागबाट ईजाजतपत्र प्राप्त मेनपावर कम्पनीहरुलाई मात्र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने व्यवस्था छ ।
हाल २ करोड देखी ६ करोड लगानी गरेका करिब ९ सय व्यवसायी क्रियाशील रहेका छन् । तर, शैक्षिक परामर्शदाताको अनुमति लिएका कन्सल्टान्सीहरुले अमेरिकी मुलुक, युरोपेली मुलुक तथा क्यानडा लगायतका देशमा वर्कपर्मिट भिसामा पठाउने नाममा ठगी गर्ने गरेको मञ्चको भनाई छ । त्यसका लागि लाखौं पासपोर्ट, करोडौँ रकम लिएको र कतिपयलाई अलपत्र पारेको अवस्था देखिएको अध्यक्ष जैसीको भनाई छ ।
प्रतिक्रिया