जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ११ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले बताएका छन् । प्रहरीका अनुसार दुर्घटनाबाट ३ जना घाइते भएका थिए । दुर्घटनामा परी घाइते भएका तिनै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
श्रेष्ठका अनुसार दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको थियो । ध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया