उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौं ।” मेयर कोइरालाले वैज्ञानिक ढंगले व्यवस्थापन नगरेसम्म महानगरको डुबान समस्या समाधान नहुने बताए । उनले प्राविधिक टोलीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरिएको सुनाए ।
स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । आफूले चुनावकै बेला विराटनगरलाई डुबानमुक्त बनाउने वाचा गरेअनुसार नै काम सुरु गरेको मेयर कोइरालाको भनाइ छ । “म मात्रै होइन विराटनगरलाई डुबानमुक्त बनाउन उपमेयर र वडाध्यक्षहरू तथा सबै कार्यपालिका सदस्यहरूको गम्भीर हुनुहुन्छ,” मेयर कोइरालाले भने, “वर्षाको पानीबाट हुने डुबानको व्यवस्थापन गर्न सकियो भने हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।”
प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । प्राविधिक टोलीले खोला र पैनीको वर्षातको समयमा हुने अवस्थाबारे स्थानीसितसमेत कुराकानी गरेको थियो ।
महानगरका डुबान समस्या भएका अन्य वडाको पनि अध्ययन गर्नेछ । अध्ययन टोलीलाई सम्बन्धित वडाका अध्यक्षले समेत डुबानका बारे जानकारी गराएका थिए । वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले वर्षातको पानीका कारण हुने समस्या राखेका थिए ।
उनीहरूले वडामा बढी डुबान हुने स्थानमै पु¥याएर टोलीलाई अवलोकन गराएका थिए । टोलीमा महानगरका इन्जिनियरहरू पनि सहभागी थिए । अझै केही दिन विराटनगरका अध्ययन वडामा पुगेर अध्ययन गर्ने टोलीमा सहभागी नवराज भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया