मुख्यमन्त्री कार्कीले भने, ‘मिलेर सरकार बनाऔं’

विहीबार, १४ असार २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिलेर सरकार बनाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रदेशसभा तेस्रो अधिवेशनको पहिलो बैठकमा आफूलाई विश्वासको मत माग्दै उनले सर्वदलीय सरकार गठनको आह्वान गरेका हुन् । संसदमा कार्कीले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । कार्कीले कोशी रदेशमा सर्वदलीय र सरकारको विकल्प नभएको भन्दै प्रदेशमा संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको उल्लेख गरे । प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रतिपक्षी दल कांग्रेस र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताइसकेका छन् भने जसपाले तटस्थ रहने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार