काठमाडौं । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार कविता देवी र उनकी छोरी आरुही घरमै मृत अवस्थामा फेला परेका हुन्।
बालिका आरुहीको शव पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि मृतक कविताका पति धीरेन्द्र साह र ससुरा नागेन्द्र साह सपरिवार फरार भएका छन् ।
प्रतिक्रिया