काठमाडौं : नेपाली काँग्रेसभित्रको विवादले पार्टी फुटको अवस्थामा पुगेको चर्चा चलिरहेको समयमा त्रिपक्षिय भेटवार्ता अघि बढेको छ । दोस्रा चरणको छलफल अहिले चलिरहेको स्रोतले जनाएको हो ।
मुलुककै सबै भन्दा ठुलो लोकतन्त्रवादी पार्टी नेपाली काँग्रेसमा देखापरेको समस्या समाधानका लागि सस्थापन , डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरविच छलफल र वार्ता सुरु भएको हो ।
पार्टीभित्रको समस्या समाधान गर्दै आसन्न निर्वाचनमा एकतावद्ध भएर अघि बढ्ने उद्धेश्य सहित त्रिपक्षिय छलफल सुरु भएको र विहान एक चरणमा छलफल भएको पुनः छलफल सुरु भएको स्रोतले जनाएको छ ।
त्रिपक्षिय छलफलमा सस्थापान पक्षबाट रमेश लेखक र बालकृष्ण खाँड , डा. कोइराला पक्षबाट सहमहामन्त्री जिवन परियार, डा मिनेन्द्र रिजाल र विशेष महाधिवेशन पक्षधरबाट गुरुराज घिमीरे , देवराज चालिसे , मधु आचार्य सहभागी रहेका थिए ।
आइतवार देखि काठमाडौंको भृकुटीमण्डपमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रशास शर्माको अगुवाईमा दोस्रो विशेष महाधिवेशन चलिरहेको र विशेष महाधिवेशनमा निर्वाचनको माग बढी रहेको समयमा हुने छलफललाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
विाहान भएको छलफलमा आ आफना तर्फका कुराहरु मात्र राखेको र अवको छलफलमा एजेण्डाहरुका विषयमा निकास निकाल्ने गरी छलफल हुने वार्तामा सहभागी एक सदस्यले जनाएका छन ।
प्रतिक्रिया