कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

मंगलबार, २९ पुस २०८२
फाइल फोटो

काठमाडौँ  : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ । कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो । 

 

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि  ३० हजार रुपैया , उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैया, सहमहामन्त्रीका लागि  २० हजार रुपैया र केन्द्रीय सदस्यका लागि  १० हजार रुपैया तोकिएको जानकारी दिए ।

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार