काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु भएको छैन । पार्टीमा स्पष्ट रुपमा दुई धारा देखिएर फरकफरक कार्यक्रम गर्दै आएको अवस्थामा संस्थापन पक्षले पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक अझै सुरु नभएको हो ।
पार्टीभित्र बढेको विवाद साम्य पार्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रयास स्वरुप बालुवाटरमा संस्थापनपक्ष र विशेष महाधिवेशनपक्षधरविच छलफल जारी रहेका कारण केन्द्रीय समितिको बैठक बस्न ढिलाई भएको जनाइएको छ ।
संस्थापनपक्ष र विशेष महाधिवेशनपक्षधरविचको बार्ता सहमतिमा टुंँगिए सोही अनुसार निणर्य गर्ने गरी केन्द्रीय समितिको बैठक बस्ने र सहमति हुन नसके कारवाही गर्ने गरी बैठक बस्ने समेत स्रोतले जनाएको छ ।
विशेष महाधिवेशनपक्षधरहरु भृकुटीमण्डपमा महाधिवेशनमा व्यस्त रहेको समयमा सस्थापनपक्षले केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन सस्थापन पक्षका केन्द्रीय सदस्यहरु सानेपा पुगेपनि बैठक सुरु भएको छैन ।
यता कार्यवाहक सभापति पुर्णवहादुर खड्का सहित दुवै पक्षका नेताहरुविच वार्ता जारी रहेको समेत जनाइएको छ ।
प्रतिक्रिया