नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र देखिएको विवाद मंगलबार रातिसम्म समाधानको नजिक पुग्ने दाबी गरेका छन् । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र सहमतिको आधार तय हुने विश्वास व्यक्त गरे ।
घिमिरेका अनुसार विभिन्न पक्षबाट आएका प्रस्तावहरूमा गम्भीर छलफल भइरहेको छ । ‘वार्ता प्रक्रिया निरन्तर चलिरहेको छ । आज रातभरमै सहमतिको बिन्दुमा पुग्ने प्रयास छ,’ उनले भने, ‘उहाँहरूले उठाउनुभएको विषयमा पार्टीले कुन हदसम्म स्वीकार गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ ।’
उनले सहमतिको प्रारूप मंगलबार रातमै स्पष्ट हुने र भोलि सबै पक्ष एकताबद्ध भएर पार्टीलाई अगाडि बढाइने बताए । त्रिपक्षीय वार्ताबाट निष्कर्ष निस्किएपछि केन्द्रीय समिति बैठक बोलाइने जानकारी पनि घिमिरेले दिए । उनका अनुसार यदि मंगलबार नै सहमति जुटे आजै बैठक बस्न सक्नेछ, अन्यथा भोलि मात्र बैठक आयोजना हुनेछ ।
प्रतिक्रिया