गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदन विशेष महाधिवेशनबाट पारित

मंगलबार, २९ पुस २०८२

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरू पारित भएका छन् । बन्दसत्रमा दुवैले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका थिए ।

पारित प्रतिवेदनहरूमा समसामयिक राजनीति र पार्टी संगठनसम्बन्धी विषय समेटिएका छन् । महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनहरूमाथि बन्दसत्रमा समूहगत छलफल भएको थियो । छलफलपछि विभिन्न समूहका टोली नेताहरूले आ–आफ्ना निष्कर्ष सुनाएपछि बन्दसत्रले दुवै प्रतिवेदन पारित गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार