काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि सम्पूर्ण वैधानिक प्रक्रिया पूरा गरेर निर्वाचन आयोग जाने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएपछि प्रतिनिधिहरू घर फर्किन सक्ने भए पनि आफूहरू भने निर्वाचन आयोगमा उपस्थित हुनुपर्ने अवस्था रहने शर्माले बताए । ‘निर्वाचन आयोग विशेष महाधिवेशनले के म्यान्डेट लिएर आएको छ भनेर पर्खिरहेको हुन्छ,’ उनले भने ।
महामन्त्री शर्माले आफूले उम्मेदवारी दिएको र जित्ने विश्वास रहेको उल्लेख गर्दै केही अवस्थामा सर्वसम्मत निर्णयमा पुग्नुपर्ने बाध्यता पनि रहने बताए । साथै उनले अबको राजनीतिमा जुझारुपन र स्पष्ट दृष्टिकोण आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया