गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

बुधबार, २७ असार २०८०
विराटनगर । मेची राजमार्गअन्तर्गत इलाम–फिदिम सडक खण्डमा भएको दुर्घटनामा एकजना पैदलयात्रीको मृत्यु भएको छ । फिदिम नगरपालिका ३, लालीखर्कमा फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख–४८०७ नम्बरको खाली गाडी (लोबेट) ले ठक्कर दिँदा पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको परिचय खुलेको छैन । गाडीका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकलाई पाँचथर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार