अजेन्टिनाका एमिलियानो मार्टिनेज बने प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक

सोमबार, ०४ पुस २०७९
विश्वकप फुटबलको फाइनलमा चम्किएका अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले जितेका हुन् । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । विश्वकप फुटबल बिजेता लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जिते अर्जेन्टिनाका कप्तान मेस्सीले कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल जितेका हुन् । विश्वकप २०२२ को गोल्डेन बुट भने फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले जिते । एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । पेनाल्टी सुटआउटमा ४–२ ले अर्जेन्टिना विजयी भयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार