फिफा विश्वकप २०२२ को ‘यंग प्लेयर’ अवार्ड अर्जेन्टिनाका एन्जो फर्नान्डेजले जितेका छन् । पोर्चुगिज क्लब बेन्फिकाबाट खेल्ने २१ वर्षीय सेन्ट्रल मिडफिल्डर फर्नान्डेजले अर्जेन्टिनाको दोस्रो समूह खेलमा मेक्सिकोविरुद्ध राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए ।
उनी सन् २००६ मा मेस्सीपछि अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। फर्नान्डेजले पोल्याण्ड विरुद्धको खेलमा जुलियन अल्भारेजको गोललाई सहयोग गरे, जुन खेल अर्जेन्टिनाले २(० ले जित्यो र नकआउट राउन्डमा छनोट भयो।
फर्नान्डेजले मुख्यतया स्कालोनीको टोलीका लागि मिडफिल्डमा एन्करको भूमिका निभाएका थिए। उनको उपस्थितिले अर्जेन्टिनाको संक्रमणकालीन खेललाई डिफेन्सबाट आक्रमणमा स्तरोन्नति गर्यो। उनको भिजन र खेल पढ्ने क्षमता पनि यो विश्वकपमा आफ्नो राष्ट्रका लागि उपयोगी साबित भयो।
फर्नान्डेजले अर्जेन्टिनाका लागि सेप्टेम्बर २०२२ मा होन्डुरस विरुद्ध ३(० को जितमा वैकल्पिक खेलाडीको रूपमा आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
प्रतिक्रिया