चुनावको परिणामले एमालेलाई थप बलियो बनाएको छ : ओली

मंगलबार, ०५ पुस २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको परिणामले एमाले कहिल्यै कमजोर हुँदैन भन्ने सन्देश दिएको दाबी गरेका छन् । एमालेलाई समाप्त पार्ने र दिउँसै टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेहरू नै चुनावमा पछारिएको भन्दै ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको जिकिर गरे । प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाडौंमा भएको कार्यक्रममा ओलीले सिट सङ्ख्याको आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलो पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने बताउ । चुनावमा भएको घेराबन्दी, धाँधली र अफवाहलाई पराजित गरेर अहिले पाएको सफलता निकै ठूलो सफलता भएको ओलीको भनाइ छ । उनले आउँदा दिनमा एमालेले झन् ठूलो सफलता हात पार्ने र त्यसका लागि आजैदेखि जुट्न नेताकार्यकर्तालाई निर्देशनसमेत दिए । ‘अपेक्षा गरे जसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौँ र उत्सव मनाइरहेका छौँ, किनकि हामी कस्तो अवस्थामा चुनाव लडेका थियौँ भन्ने सबैलाई थाहा भएकै छ’, ओलीले भने । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार