झापा : शौचालयमा लडेर झापाको भद्रपुरमा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका ४ लुरुङ चोक निवासी ४२ वर्षीय देवेन्द्र देवानको आज दिउसो शौचालयमा लडेर मृत्यु भएको हो । आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा उनी लडेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनी छारे रोगका बिरामी रहेको बुझिएको छ ।
देवानको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया