विराटनगर : सवारी ज्यान मुद्दामा दोषी ठहर भई १६ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
सरिता तामाङको जाहेरीका आधारमा नेपाल सरकार वादी भई दर्ता भएको सवारी ज्यान मुद्दामा संलग्न प्रतिवादी मोरङ जिल्लाको साविक डाँगीहाट गाउँ विकास समिति–९ निवासी ४२ वर्षीय विक्रम चौधरी पक्राउ परेका हुन्। उनी को. १ त १८९४ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ।
उक्त मुद्दा मिति २०६६ साल ९ महिनाको १९ गते यस कार्यालयमा दर्ता भई अनुसन्धान तथा कारबाहीको क्रममा प्रतिवादी चौधरी फरार रहेका थिए। लामो समयदेखि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले मिति २०८२ साल ८ महिनाको २६ गते नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउपछि चौधरीलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप लिइएको छ। हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया