इक्यानका नवनिर्वाचित पदाधिकारीहरुलाई इटहरीमा सम्मान

सोमबार, ०८ साउन २०८०
इटहरी । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय कार्य समितिका पदाधिकारीलाई सम्मान गरिएको छ । संघको पूर्वाञ्चल शाखाले नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापनसहित स्वागत तथा सम्मान गरेको हो । संघको पूर्वाञ्चल शाखाले सुनसरीको इटहरीमा कार्यक्रम आयोजना गरी केन्द्रीय समिति पदाधिकारीहरुलाई सम्मान गरेको हो । पूर्वाञ्चल शाखाका अध्यक्ष प्रकाश लकान्द्रीको सभापतित्वमा भएको कार्यक्रममा गत असार ३० गते सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष शेषराज भट्टराई, उपाध्यक्ष भुवनबहादुर क्षेत्री,महासचिव दिपक भुसाल,कोषाध्यक्ष आशिक कार्की, सचिव भवनाथ हुमागाई लगायतलाई कार्यसमितिका पदाधिकारीहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रमका वक्ताहरुले शैक्षिक परार्मशलाई अझ व्यवस्थित बनाउँदै लगिनु पर्नेमा जोड दिए । कार्यक्रममा पूर्वाञ्चलका सल्लाहकार कमल तिम्सिना लगायतले शैक्षिक परामर्शका विषयमा चर्चा गरेका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार