बजार अनुगमनः चनाको बोरामा चनाजस्तै देखिने ढुंगा र माटो

सोमबार, १५ साउन २०८०
विराटनगर । झापाको मेचीनगरपालिका-१ धाईजनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ ।  विराटनगरको खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा चनाको बोरामा ढुङ्गा र माटो भेटिएको हो । विराटनगर ९ स्थित अशोककुमार एन्ड सन्स खाद्यको होलसेल पसलमा गरेको अनुगमनको क्रममा जुनेली नामको चनाको बोरामा चनाजस्तै देखिने माटोको ढल्ला र ढुङ्गा भेटिएको विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘पाँच केजी चनामा एक पावा २५० ग्राम चनाजस्तै देखिने माटोको ढल्ला र मसिना ढुङ्गाहरू भेटिएको छ ।’ अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलले विराटनगर–१ मा रहेको मा सिता इन्टरप्राइजेजबाट चना खरिद गरेर ल्याएको पाइएको छ । त्यसपछि मा सीता इन्टरप्राइजेज पनि अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा इन्टरप्राइजेजको गोदाममा २३ बोरा ‘जुनेली’ नामको चना भेटिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार