जस्ले वडाअध्यक्ष हारे र प्रदेश सांसद जिते

सोमबार, ०५ मंसिर २०७९
  गण्डकी प्रदेश सभामा मुस्ताङ ९क० मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए । उनीहरुबीच २ सय ५५ मत छ । नम्डु गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए । यतिबेला उनले ९९ मत ल्याउँदा एमालेका छिरिङ धिण्डु गुरुङले १ सय २६ मत ल्याएका थिए । मुस्ताङ प्रतिनिधिसभातर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । प्रदेशसभा ९ख० को मतगणना चलिरहेको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार