चीनमा पुन कोरोना संक्रमणको नयाँ लहर फैलिंन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको कोरोना लहरप्रति चिन्ता व्यक्त गरेको छ ।
डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’माइकल रायनले भनेका छन् ।
चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया