गठबन्धन छाडेर आए प्रचण्डसँग संवाद गर्छौँ -एमाले अध्यक्ष ओली

शुक्रबार, ०८ पुस २०७९
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन छाडेर आए माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेका छन् । प्रतिनिधिसभा सदस्यहरुको शपथ पुर्व सोही दिन दिन एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एक एमाले पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग संवाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने ओलीले बताए । एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले कांग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ । प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । तर प्रतिनिधिसभाकै ठूलो दल कांग्रेसले पनि नेतृत्व दाबी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार