१९ किलो सुनसहित विदेशी नागरिक पक्राउ

शुक्रबार, ०८ पुस २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक मोहम्मद अहमेद हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा १९ किलो सुन फेला परेको हो ।  प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए । शंकाका आधारमा चेकजाँच गर्दा उनी सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दियो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार