फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला गरिएको छ । चार्ल्स शोभराजलाई अध्यागमन विभागले १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरि देश निकाला गरेको हो । अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले ‘१० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरिएको पुष्टि गरेकी छन् ।
‘बिकिनी किलर’ भनेर चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ गते सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।
प्रतिक्रिया