उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा पर्यटन समिति विस्तार

आइतबार, १७ भदौ २०८०
  विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविषकुमार श्रेष्ठको नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र समिति सभापति भविषकुमार श्रेष्ठको उपस्थितिमा महासंघमा एक कार्यक्रमका बीच उक्त समिति विस्तार गरिएको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी प्रदेशमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउने उद्देश्य सहित उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा नाटा कोशीका अध्यक्ष पुण्य भट्टराई छन् । सदस्यहरुमा नाटा कोशीका पूर्वअध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघका सचिव बासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रा।लि।का सञ्चालक खेमराज बन र होटल फुलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ छन् । आमन्त्रित सदस्यहरुमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोशी ग्लोबल नेप्लिष्ट सैफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, ते¥थुमकी होटल सञ्चालक श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्य मोक्ष पोखरेल, सरोज पौडेल, होटल संघ नेपाल उदयपुरका पदमलाल लम्साल छन् । समितिको सल्लाहकारहरुमा होटल संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष सुशीला सापकोटा छिन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष राजेन्द्र राउतले समितिले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार