केराबारीमा मच्छिन्द्र मेला, कृषि,पर्यटन तथा व्यापार महोत्सव हुदै

आइतबार, १० पुस २०७९
केराबारीमा परापूर्वकाल देखि लाग्दै आएको मच्छिन्द्र मेलालाई निरन्तरता दिदैं मच्छिन्द्र मेला, कृषि,पर्यटन तथा व्यापार महोत्सव २०७९ आयोजना हुने भएको छ । केराबारीको खदम खोलामा आधा सताब्दी अगाडी देखि ऐतिहाँसिक रुपमा मछिन्द्र मेला लाग्दै आएको थियो । सो ऐतिहाँसिक मेलालाई निरन्तरता दिंदै नयाँ सँस्करणको रुपमा व्यापार प्रबन्ध समितिले महोत्सवको आयोजना गरेको हो । केराबारी ब्यापार प्रवन्ध समितिले आईतवार समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि पुुस १३ देखि १९ गते सम्म महोत्सव हुने जानकारी दिएको हो । ऐतियहाँसिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको हो । यस क्षेत्रलाई ब्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको बिकास गर्ने,ग्रामिण बजारको बिस्तार सँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको बिस्तार र प्रर्बद्धन गर्ने,लोप हुन लागेका लोक कला संस्कृति र साहित्यको जर्गेना गर्ने उद्धेश्य रहेको आयोजक समितिका अध्यक्ष किशन शाहीले बताए । पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको संरक्षण र बिस्तारमा टेवा पुर्याउने,आन्तरिक पर्यटनको बिकास सँगै कृषि उपज बस्तु तथा सामाग्रीहरुको बिक्री बितरण सहितको प्रर्बद्धन गर्ने लगायतका उद्धेश्यहरु रहेको छ । महोत्सवबाट आम्दानीले केराबारी बजारको प्रवेशद्धार निर्माण गर्ने जनाएको छ । महोत्सवमा करिब एक सय ओटा स्टल रहने छ । मेलालाई व्यवस्थित बनाउन मेला स्थलमा पार्किंंग संगै मेलास्थलमा सिसि क्यामेराको निगरानी समेत गरिने भएको छ । मेलामा नेपालका चर्चित गायक तथा गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, एलिना चौहान, लाहुरे, प्रविशा अधिकारी लगायतका विभिन्न कलाकारहरुका साथ स्थानीय कलाकारहरुले प्रस्तुती रहने छ । मेलामा रोहटेपिंग झुल्ला, वाल बालिकाहरुको खेल तमासा, नौका झुल्ला राखिने समितिका महासचिव टेकबहादुर कार्कीले जनाईएको छ । केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा सञ्चालन हुने मेलामा ५० हजार बढीले अबलोकन गर्ने र अनुमानित ५० लाख बराबरको कारोबार हुने ५ लाख आम्दानी गर्ने आयोजकको भनाई छ । महोत्सवका अबसरमा पालिकास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सवको मिडिया पार्टनरको रुपमा उज्यालो प्रदेश डटकम रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार