सहजकर्ता एवम् इन्जिनियर असिम जोशीले आफ्नो जन्मथलो, आफुले अध्ययन गरेको विद्यालयमा आएर आफुले जानेको ज्ञान सिकाउन पाउँदा खुशी लागेको बताए । उनले किताबमा सिकेको कुरालाई व्यवहारमा लागू गराएर देखाउन पाएको समेत बताएका थिए ।
नन्द माविका प्रधानाध्यापक उमेश बुढाथोकीले विद्यार्थीहरुले सिकेको कुरालाई ब्यवहारमा उतार्न समेत प्रोत्साहन गर्नुपर्ने बताए ।
पूर्ण स्मारक माविका प्रधानाध्यापक प्रेमप्रसाद घिमिरेले सानैदेखि विद्यार्थीलाई प्राविधिक ज्ञान जगाइदिनाले भोलिका दिनमा अझ उत्सुकता बढ्ने र सो सम्बन्धी खोज गर्न सक्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश युथ सरकलको परिचालन समिति सदस्य निश्कल राईले यस्तो उत्कृष्ट कार्यक्रम वडामा संचालन गर्नु गौरवको काम भएको बताए ।
भोलिका दिनमा समेत शिक्षा समिति विद्यालयको शिक्षा सुधारको क्षेत्रमा निरन्तर लाग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
वडा शिक्षा समिति अध्यक्ष तथा वडाध्यक्ष ओमनाथ प्रधानले शिक्षा क्षेत्रमा ब्यवहारिक ज्ञान गराउन आफूहरु लागि परेको बताए ।
उनले वर्तमान समय विज्ञान र प्रविधिको क्षेत्रमा लगानी गर्नुपर्ने, विद्यार्थीलाई आधुनिक प्रविधिको क्षेत्रमा दखखल पार्नु पर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयको प्रयोगशालालाई स्तरोन्नति गर्ने कार्यमा समेत आफ्नो साथ रहने बताए ।
प्रतिक्रिया