प्रदेश वन निर्देशनालयका चारवटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माण सकेर सर्ने तयारीमा रहेपनि नक्सा पास नभएको उपमहानगरले जनाएको छ ।
केहीदिनअघि धरान २० को विष्णुपादुकामा उपमहानगरपालिकाले माया धराने साबुन उद्योग खोल्न लागेको थियो ।
जनश्रमदानबाट काम भईरहेपनि सब डिभिजन वन कार्यालयले वन भित्र उद्योग खोल्न पाउने भन्दै उच्च अदालत विराटनगरमा उपमहानगर विरुद मुद्दा हालेको थियो । उच्च अदालतले पनि साबुन उद्योगको काम रोक्न अन्तरिम आदेश दिएको छ ।
त्यससँगै मेयर साम्पाङ रुष्ठ बनेका छन् । सोही कारणले गर्दापनि भवन भत्काउने चेतावनीसहित सोमबार मेयर साम्पाङले सूचना टाँस गरिएको बताइएको छ ।
प्रतिक्रिया