स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्रमा प्रवेश

विहीबार, १४ पुस २०७९
मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेसगै मधेसमा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको हो । माओवादीका सांसद संख्या ९ पुगेसगै अब लोसपासग बरावर भएको छ । लोसपाका पनि ९ जना सांसद छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएक हुन्  । उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार