मन्त्रिपरिषद विस्तार छलफलका लागि बैठकमा सत्ता गठबन्धन

विहीबार, १४ पुस २०७९
मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बोलाइएको छ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए । सरकारको मूल नीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे पनि आजको बैठकमा नेताहरूबीच विशेष छलफल हुने भएको छ । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार