अरुण गाउँपालिकाका सबै वडामा नि:शुल्क आँखा शिविर

विहीबार, १४ पुस २०७९
भोजपुरको अरुण गाउँपालिकाका सबै वडाहरू‌मा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ। इटहरीस्थित नवदृष्टि आँखा अस्पतालले पुस ५ देखि ११ गतेसम्म सञ्चालन गरेको उक्त शिविरहरूमा ९११ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधी उपलब्ध गराइएको थियो। अस्पतालका अनुसार १३७ जनालाई चश्मा वितरण गरिएको थियो। उक्त शिविरमा १३ जनाको नि:शुल्क मोतीयाबिन्दुको शल्यक्रिया नवदृष्टि आँखा उपचार केन्द्र तुम्लिङटारमा गरिएको थियो। नेत्र विशेषज्ञ डा. विजय गौतम तथा डा. अशेष राईको नेतृत्वमा ६ जनाको प्राविधिक टोलीले सेवा दिएको हो। मोतियाबिन्दुको समस्या भएका विरामीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको नवदृष्टि आँखा अस्पतालद्वारा सञ्चालित तुमलिङ‌टार आँखा उपचार केन्द्रले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार