महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

विहीबार, १४ पुस २०७९
ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको खवर सार्वजनिक भएको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ । उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् । तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । विश्वका बिभिन्न राष्ट्रहरुमा पेलेको निधन भइसकेको खवर बाहिरिरहेको भए पनि पेलेको मृत्यु नभएको डाक्टरहरुले पुष्टि गरेका छन् । स्वस्थ्य अवस्था भने जटिल बन्दै गएकको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार