मनाङबाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्रजंग निर्वाचित

सोमबार, ०५ मंसिर २०७९
मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र १ का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । प्रदेश क्षेत्र २ मा राजीव गुरुङ ९दिपक मनाङे० निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार