इलाम, असोज : इलाममा सोमबारदेखि ‘चियाबारी‘ मिठो चियाको कथा’ नामक नाटक खुल्ला प्रदर्शन सुरु भएको छ । चेतना नाट्य समूह इलामद्वारा ‘चियाबारी‘ मिठो चियाको कथा’ नामक नाटक खुल्ला प्रदर्शन गर्न सुरु गरेको हो ।
नारी विकास संघको सभाहलमा नाटक प्रदर्शन गर्न थालिएको छ , आगामी कात्तिक दुईगतेसम्म नाटक प्रदर्शन समूहकी सरिता राईले जानकारी दिइन् । साँझ साढे ४ देखि सवा ६ बजेसम्म प्रदर्शन जनाइएको छ ।
डेढ घण्टाको नाटकमा इलामको चियाको इतिहास, चियाले चिनाएको इलाम लगायतका बिषयमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ । शनिबार मध्यान्ह १२ बजे अतिरिक्त समयमा प्रदर्शन हुने जनाइएको छ ।
कलाकारहरुको सक्रियतामा सहकार्यका लागि दर्शकले ३ सय रुपैयाँ शुल्क तिरेर नाटक हेर्न सक्ने आयोजककको भनाइ रहेको छ । त्यसमा विद्यार्थीलाई आधा छुट दिइने छ ।
नाटकको परिकल्पना र निर्शेदशन अन्वेश थुलुङले गरका छन् । नाटकमा स्थानीय कलाकारहरुले अभिनय गरेका छन् ।
नाटकमा मल्लीका कार्की, रेविका तोलाङ्गी, आशिका सक्तेन, समिर कुलुङ राई, भूमिका सुब्बा, दर्शन घिमिरे, निशान देवान, सविना अधिकारी, कृष्ण मगर, सृष्टि लिम्बू, मोहन राई, विमला चाम्लिङ राई, मनिष विश्वकर्मा लगायतले बअिनय गरेका छन् ।
प्रतिक्रिया