विद्यालय व्यवस्थापन समिति सदस्य छनौटका लागि २ सय ४४ जनाले मतदान गरेका थिए । विद्यालयका कुल मतदाता २ सय ८१ रहेका छन् । खसेको मत मध्ये तीन मत वदर भएको निर्वाचन उपसमिति सदस्य एसएलवी कटुवालले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति छनौटाका लागि गोपाल प्रसाद गणेशको संयोजकत्वमा निर्वाचन छनौट उपसमिति बनाइएको थियो । छनौट समितिमा सदस्यमा उमाराम रिजाल, संसाद आलम, कविता कुमारी गणेश र एसएलबी कटुवाल रहेका थिए । यो विद्यालयमा ४ सय ८५ विद्यार्थी अध्ययनरत रहेका छन् ।
व्यवस्थापन समिति छनौटका लागि भएको निर्वाचनमा झापा गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अन्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, वडानम्वर ५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशी लगायतको उपस्थिति रहेको विद्यालयका नि.प्रधानााध्यापक समेत रहेका गोपाल प्रसाद गणेशले जानकारी दिए ।
प्रतिक्रिया