टीका खतिवडामंगलबारे, १ कात्तिक : भानुभक्त मावि मंगलबारेका बिद्यार्थीले शिक्षकलाई सम्मान गरेका छन् । २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेका हुन् ।
बुधबार आयोजिक एक समारोह विच तत्कालिन १० जना शिक्षक र दुईजना शिक्षकहरुलाई खादा ओडाएर सम्मान पत्र सहित अबिर लगाएर सम्मान गरिएको हो ।
तत्कालिन मावि तर्फका शिक्षकहरु बिष्णुकुमार घिमिरे, जिवनप्रसाद दुलाल, नरबहादुर कार्की, प्रकाशचन्द्र खनाल, दिवानन्द दुलाल र पुर्णचन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । प्रावितर्फका शिक्षकहरु तुलसीराम आचार्य, मुनादेवी श्रेष्ठ, यामलाल आचार्य र काशीराम चम्लागाइँलाई सम्मान गरिएको थियो ।
तत्कालिन बिद्यालयमा कार्यरत कर्मचारीहरु कृष्णबहादुर कार्की र पृयसागर सापकोटालाई समेत सम्मान गरिएको कार्यक्रम आयोजक समितिका घनश्याम गुरगाईले बताए ।
बिद्यार्थी पुनरमिलन तथा गुरुसम्मान कार्यक्रम गर्दै सम्मान गरिएको थियो । साथै सो ब्याजका बिद्यार्थीहरुले एक लाखको अक्षय कोर्ष समेत स्थापना गरेका छन् । अक्षय कोर्षबाट वार्षिक रुपमा दुई जना बिषयगत शिक्षलाई पुरस्कृत गरिने जनाइएको छ ।
धेरै लामो समयपछि तत्कालिन बिद्यार्थीहरु समेत बिभिन्न पेशामा देशका बिभिन्न क्षेत्रमा छरिएर रहे पनि कार्यक्रमको अवसरमा भेट हुन पाएको भन्दै खुसी साट्न पाएकोका प्रफुल्लित थिए ।
धेरै लामो समयपछि तत्कालिन विद्यार्थी मात्र हैन शिक्षकहरुले समेत भेटघाट सहित खुसी साटासाट गर्न पाएका थिए ।
लामो समय अघिका बिद्यार्थीले सम्मान सहित सम्झीएको भन्दै पूर्व प्रधानाध्यापक तथा हाल विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले सम्मान गर्ने विद्यार्थी प्रति आभार प्रकट गरेका थिए । उनले यो राम्रो कार्यको थालनी भएको समेत बताए ।
कार्यक्रम संयोजक लक्ष्मण ढुंगेलको अध्यक्षतथा तथा विद्यालयका प्रधानाध्यापक वासुदेव कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डा. नरेन्द्र कट्वालले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा घनश्याम गुरगाई, श्यामलाल चम्लागाई, दुर्गाप्रसाद दाहाल, तारा कार्की, एकदेव खनाल, राजेन्द्र योङ्हाङले मन्तब्य राखेका थिए । साथै मुनादेवी श्रेष्ठ, पूर्णचन्द्र श्रेष्ठ, प्रकाशचन्द्र खनाल, चेतप्रसाद दवाडी, जवन दुलाल, नरबहादुर कार्की विष्णु कु घिमिरे लगायतले मन्तब्य राख्दै एकदमै यादकार कार्यक्रम रहेको चर्चा गरेका थिए । उनीहरुले यो कार्यक्रमले धेरै टाढा र छरिएर रहेका विद्यार्थी बिच पुनरमिलन समेत गराएको बताएका थिए ।
कार्यक्रम देउमाई नगरपालिका स्थित मंगलबारेको भानुभक्त माविमा २०३३ सालमा कक्षा आठमा भर्ना भएर ०३६ सालमा एसएलसी दिएका विद्यार्थीले आयोजना गरेका हुन् ।
प्रतिक्रिया