एमाले अध्यक्ष ओली आज झापा आउँदै

शुक्रबार, ०३ कार्तिक २०८०
झापा । विजया दशमीको अवसरमा हरेक वर्ष झैं यस वर्षपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । जसका लागि ओली आज झापा आउँदैछन् । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिने शुभकामना आदन प्रदान कार्यक्रममा अध्यष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले झापाको सचिवालयले जनाएको छ । उनी नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ । यता यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार