झापा । नवोदय बहुउद्देश्यीय सहकारी संस्था को २५ औं वार्षिक साधारणसभा सम्पन्न गर्न ईकाइगत साधारणसभा शुरु भएको छ ।
कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको सहकारी संस्थाको झापा र मोरङ्ग गरी ११ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।
सोमवार बाट ईकाइगत साधारणसभा सुरु भएको हो । ईकाइगत साधारणसभा अन्तर्गत पहिलो दिन धुलावारी र बुधबारे सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको छ ।
धुलावारीमा सम्पन्न साधारणसभा सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक भीम कुमार विष्टको अध्यक्षतामा र मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्कीको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो ।
त्यसैगरी बुधवारेमा सम्पन्न साधारणसभा सेवा केन्द्र इन्चार्ज सुर्य प्रसाद दंगालको अध्यक्षतामा र बुद्धशान्ति गाउँपालिकाका सहकारी विभाग प्रमुख निर्मला आचार्यको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो ।
२०५५ साल असार १६ गते स्थापना भएको सहकारीमा असार मसान्त सम्ममा १७ हजार ५४० जना सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी १२ करोड ९२ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थाको कुल निक्षेप तर्फ ४३ करोड ५६ लाख ७० हजार ५४० रुपैयाँ रहेको छ भने कर्जा लगानी तर्फ ८२ करोड ९६ लाख २७ हजार ७९० रुपैयाँ रहेको अध्यक्ष शरणकुमार पराजुली द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै विभिन्न कोषमा १२ करोड ३६ लाख २२ हजार ३०१ रुपैयाँ रहेको छ भने संस्थाको वाह्यकर्जा १८ करोड ३४ लाख ६८ हजार ८३१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले कुल १६ करोड ७० लाख ३० हजार ६३३ रुपैयाँ आम्दानी गरेको मा १५ करोड ४७ लाख ९७ हजार २३५ रुपैयाँ खर्च भई १ करोड २२ लाख ३३ हजार ३९६ रुपैयाँ खुद नाफा गर्न सस्था सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया