आज पाँच सय रुपैयाँले घट्यो सुनको भाउ

मंगलबार, १४ कार्तिक २०८०
इटहरी : सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार