एमाले मधेस प्रदेशको दलको नेतामा सरोज यादव चयन

बुधबार, २० पुस २०७९
जनकपुरधाम । नेकपा (एमाले)को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा बसेको बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । अबेर रातिसम्म आकाङ्क्षीहरूबिच सहमति गराई यादवलाई दलको नेतामा चयन गरिएको एक नेताले जनाएको छ । पार्टीका सचिव रधुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली कुमारी महतो तथा नवगठित सरकारका विना विभागीय मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा सहमतिमै दलको नेतामा महोत्तरी ४(१) बाट निर्वाचित यादवलार्ई दलको नेतामा चयन गरिएको हो । दलका नेताका लागि आकाङ्क्षी अन्य सांसदहरू रामकुमार लेखी, हरिनारायण महतो र रामचन्द्र मण्डललाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको श्रोतले जनाए । मधेस प्रदेशमा २३ सांसद सहित एमाले पहिलो पार्टी रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार