इलाम : चलचित्र पत्रकार संघ इलामको जिल्ला तर्दथ समिति अध्यक्षमा अतित योङहाङ चयन भएका छन् । इलाम सदरमुकाममा भएको पत्रकारहरुको भेलाले योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् ।
सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शंकर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।
तीन सदस्यीय प्रदेश प्रतिनीधि समेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती छनौट भएको जनाइएको छ ।
त्यस्तै पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।
प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुवास संकल्प, नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाई, प्रेस युनियनकी उपाध्यक्ष सुनिता मगर, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, प्रेस चौतारीका योगेन्द्र शंकर, समाजवादी प्रेस संगठन नेपालका सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका उपाध्यक्ष याम माबोहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया